शिक्षक आन्दोलनमा राहत शिक्षकको नारा ‘मेरो अधिकार र कर्तव्यका लागि म जान्छु काठमाडौँ’

हिमाल प्रेस ३१ भदौ २०८० १७:३३
274
SHARES
शिक्षक आन्दोलनमा राहत शिक्षकको नारा ‘मेरो अधिकार र कर्तव्यका लागि म जान्छु काठमाडौँ’

काठमाडौँ- नेपाल राहत शिक्षक केन्द्रीय समिति समितिले काठमाडौँमा असोज ३ गतेदेखि हुने शिक्षक आन्दोलनका लागि ‘मेरो अधिकार र कर्तव्यका लागि म जान्छु काठमाडौँ’ नारा तय गरेको छ। समितिको शनिबार बसेको जुम बैठकले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० ले राहत शिक्षकको लामो योगदानलाई अवमूल्यन गरेको ठहर गर्दै शिक्षक महासंघको अगुवाइमा हुने आन्दोलनमा सहभागी हुने निर्णय गरेको हो।

समितिले ३ गतेदेखि हुने आन्दोलनमा सहभगिताका लागि समितिका ७ वटै प्रदेश अध्यक्ष, ७७ वटै जिल्लाका अध्यक्ष र ७५३ वटै पालिका अध्यक्षलाई सम्बोधन गर्दै पेसाको स्थायित्व र सुरक्षाका लागि काठमाडौँमा हुने आन्दोलनमा सहभागी हुन सर्कुरल गरेको छ। समितिका महासचिव कुमार बजगाई र अध्यक्ष खेमराज अधिकारी जारी सर्कुरलमा भनिएको छ, ‘पेसाको स्थायित्व र सुरक्षाका लागि काठमाडौँ मण्डलामा विद्यालय पोसाकमा बिहान १० बजे अनिवार्य उपस्थित हुनुहुन निर्देशन जारी गरिन्छ।’

समितिले देशभरबाट उपस्थित हुने सम्पूर्ण राहत शिक्षकको यातायात, बस्ने, खाने लगायतका व्यवस्था मिलाउन सम्बन्धित तह, जिल्ला र प्रदेश अध्यक्षलाई आग्रह गरेको छ। विधेयकमा विमति जनाउँदै देशभरका शिक्षकले असोज ३ गतेदेखि राजधानी केन्द्रित आन्दोलन गर्न लागिएको महासंघकी अध्यक्ष कमला तुलाधरले बताएकी छन्।

२० हजार शिक्षकलाई हटाउने गरी आएको विधेयक मान्य छैन : कुमार बजगाई

प्रकाशित: ३१ भदौ २०८० १७:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 7 =