स्रोत नखुलेको तीन लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

हिमाल प्रेस २७ भदौ २०८० ६:४६
2
SHARE
स्रोत नखुलेको तीन लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ सांकेतिक तस्बिर।

नेपालगन्ज- बाँकेको सीमावर्ती क्षेत्र जमुनाह नाकाबाट नेपाली तीन लाख रुपैयाँसहितसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

युपी ३२ एलएच ३७०४ नम्बरको भारतीय मोटरसाइकलबाट नेपालतर्फ आउँदै गरेका भारतको बहराइच जिल्लाका ३० वर्षीय इस्तियाक अहमदलाई मंगलबार पक्राउ गरेको सीमा सुरक्षा गुल्म, जमुनाहाले जनाएको छ। अहमदलाई प्रस्तावित सीमा सुरक्षा गुल्म (बीओपी) जमुनाह बाँकेले नियन्त्रणमा लिएको हो।

भारतबाट मोटरसाइलमा नेपालतर्फ आउँदै गरेका अहमदको साथमा फेला परेको रकमको स्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिइएको हो। नियन्त्रणमा लिएका उनलाई बरामद रकम र मोटरसाइकलसहित आवश्यक कारबाहीकालागि नेपालगञ्ज भन्सार कार्यालय बाँकेमा बुझाइएको छ।

मोटरसाइकलको भन्सार दाखिला मूल्य दुई लाख रुपैयाँ रहेको बताइएको छ।

प्रकाशित: २७ भदौ २०८० ६:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =