चीन भ्रमण फलदायी हुन्छ : प्रधानमन्त्री प्रचण्ड

हिमाल प्रेस २४ भदौ २०८० १२:३३
6
SHARES
चीन भ्रमण फलदायी हुन्छ : प्रधानमन्त्री प्रचण्ड प्रधानमन्त्री प्रचण्ड।

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न चीन भ्रमण फलदायी र प्रभावकारी हुने बताएका छन्।

आइतबार सिंहदरबारमा आसन्न चीन भ्रमणका विषयमा पूर्वप्रधानमन्त्रीहरू, राजनीतिक दलका शीर्ष नेताहरू, पूर्वपरराष्ट्रमन्त्रीहरूलगायतसँग छलफल गर्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो चीन भ्रमण फलदायी र प्रभावकारी हुने विश्वास रहेको बताए।

त्यसका लागि आवश्यक गृहकार्य गरिरहेको उनको भनाइ थियो। भ्रमणका विषयमा आएका सुझावहरूले आफ्नो भ्रमण प्रभावकारी बनाउन सहयोग पुग्ने उनको भनाइ छ।

सरकारले दुवै छिमेकीका साथै विश्व समुदायमा सन्तुलित सम्बन्ध कायम राख्ने प्रष्टाउँदै प्रधानमन्त्री प्रचण्डले नेपाल असंलग्न परराष्ट्र नीतिमा दृढ रहेको बताए।

त्यस्तै उनले कुटनीतिक तहमा राम्रो छलफल गरेर नै संयुक्त राष्ट्रसंघको महासभाबाट सिधै चीन भ्रमणमा जाने कार्यतालिका निर्धारण गरिएको बताए। भ्रमणका क्रममा नेपाल–चीन सम्बन्ध र दुईदेशीय हितका विषयमा केन्द्रित रहेर छलफल हुने उनले बताए।

छलफलपछि एमाले नेता प्रदीप ज्ञवालीले सन्तुलित छिमेक सम्बन्धमा चीनको आशंका दूर गर्न प्रधानमन्त्रीको भ्रमण सफल हुनुपर्ने बताए। छिमेकीहरूसँग सन्तुलित कुटनीतिक सम्बन्ध कायम गर्न विशेष जोड गर्नुपर्ने, विगतका सम्झौताहरू कार्यान्वयनको अवस्थाबारे समीक्षा जरुरी रहेको ज्ञवालीले बताए।

त्यस्तै पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले नेपालको असंलग्न परराष्ट्र नीतिबारे छिमेकीलाई विश्वासमा लिनुपर्ने, नेपालले लाभ लिन सकिने विषयहरूमा राम्रो गृहकार्य गरेर भ्रमणमा जानुपर्ने बताए।

छलफलमा पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली, माधवकुमार नेपाल, परराष्ट्रमन्त्री एनपी साउद, नेताहरू महन्त ठाकुर, सिके राउत, चित्रबहादुर केसी, प्रेम सुवाल, पूर्वपरराष्ट्रमन्त्रीलगायत सहभागी थिए।

चीन भ्रमणबारे सर्वदलीय परामर्शमा प्रधानमन्त्री

प्रकाशित: २४ भदौ २०८० १२:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 7 =