चीन भ्रमणबारे सर्वदलीय परामर्शमा प्रधानमन्त्री

हिमाल प्रेस २४ भदौ २०८० १०:१७
6
SHARES
चीन भ्रमणबारे सर्वदलीय परामर्शमा प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चीन भ्रमणबारे परामर्श गर्न सोमबार सिंहदरबारमा बसेको सर्वदलीय बैठक।

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो आसन्न चीन भ्रमणबारे परामर्शका लागि सर्वदलीय बैठक डाकेका छन्। बैठक सिंहदरबारमा आइतबार बिहान बसेको छ। चीन भ्रमणका बारेमा केकस्ता विषयमा द्विपक्षीय वार्ता गर्ने, यसअघि भएको सम्झौता र सहमतिको कार्यान्वयन अवस्थाबारे चीनसँग कसरी प्रस्तुत हुने विषयमा प्रधानमन्त्री प्रचण्डले दलका नेताहरूसँग सुझाव लिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।

संयुक्त राष्ट्रसंघको ७८ औँ महासभाको उच्चस्तरीय सत्रमा सहभागितापछि असोज ५ गते प्रधानमन्त्री प्रचण्ड छिमेकी मुलुक चीनको औपचारिक भ्रमणका लागि प्रस्थान गर्नेछन्।

न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजना हुने संयुक्त राष्ट्रसंघको ७८ औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री भददौ ३० देखि असोज ४ सम्म राज्य अमेरिकाको भ्रमणमा रहनेछन्। उनी अमेरिकाबाट चीन जाने कार्यक्रम छ।

बैठकमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत विभिन्न दलका नेता सहभागी थिए। यस्तै सरकारका मन्त्रीहरू पनि बैठकमा सहभागी थिए।

 

प्रकाशित: २४ भदौ २०८० १०:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 11 =