कांग्रेस नेतृत्वमा सरकार बन्नुपर्छ : शेखर कोइराला

हिमाल प्रेस २३ भदौ २०८० १८:००
4
SHARES
कांग्रेस नेतृत्वमा सरकार बन्नुपर्छ : शेखर कोइराला फाइल तस्बिर

चितवन- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीविरुद्ध रहेको भ्रम चिर्न कांग्रेस नेतृत्वको सरकार बन्नुपर्ने बताएका छन्।

शनिबार चितवन कांग्रेसले गरेको जिल्ला भेलालाई सम्बोधन गर्दै कोइरालाले अहिले कांग्रेस सरकारमा हुँदा पनि कुनै काम गर्न नसकेको र पार्टी विरुद्ध पनि विभिन्न भ्रम छर्ने प्रयास भइरहेको भन्दै यसलाई चिर्नका लागि अब कांग्रेस नेतृत्वको सरकार बन्नुपर्ने बताएका हुन्।

अहिले देशमा फैलिएको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक धार्मिक अराजकता नियन्त्रण गर्न पनि कांग्रेसको सरकार आवश्यक रहेको उनको भनाइ छ। उनले अहिलेको निर्वाचन प्रणालीबाट देशमा कुनै एक पार्टीको मात्रै सरकार बन्न नसक्ने भएकाले प्रत्यक्ष निर्वाचन प्रणाली राख्नुपर्ने पनि बताए।

प्रकाशित: २३ भदौ २०८० १८:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − fourteen =