पर्यटनमन्त्रीको प्रस्ताव : राष्ट्रिय सहमतिको सरकार गठन गरौँ

हिमाल प्रेस २३ भदौ २०८० ८:१९
4
SHARES
पर्यटनमन्त्रीको प्रस्ताव : राष्ट्रिय सहमतिको सरकार गठन गरौँ

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रिय सहमतिको सरकार गठन हुनुपर्ने धारणा राखेका छन्।

पर्यटन यातायात व्यावसायी संघको २०औँ साधरणसभालाई सम्बोधन गर्दै मन्त्री किरातीले अहिलेको परिस्थितिको सामना गरेर अघि बढ्न वर्तमान प्रधानमन्त्री नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गरिनुपर्ने बताए।

मन्त्री किरातीले मुलुकमा व्याप्त भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवर्द्धनका साथै देशलाई आर्थिक समृद्धितर्फ लैजान राष्ट्रिय सहमति अपरिहार्य भएको उल्लेख गरे।

पर्यटनमन्त्री किरातीले कोशी प्रदेश सरकारबाट सहमतिको सरकारको ढोका खुलेको भन्दै अरु बाँकी छ प्रदेशसँगै केन्द्रमा पनि सर्वदलीय सरकार गठन गरिनुपर्नेमा जोड दिए।

प्रकाशित: २३ भदौ २०८० ८:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =