पर्वतारोहण प्रशिक्षण संयोजकमा गोरखाका सुनार गुरुङ चयन

हिमाल प्रेस २२ भदौ २०८० १९:४४
18
SHARES
पर्वतारोहण प्रशिक्षण संयोजकमा गोरखाका सुनार गुरुङ चयन

काठमाडौँ– नेपालका प्रथम अन्तर्राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक सुनारबहादुर गुरुङ नेपाल पर्वतारोहण संघ(एनएमए)को प्रशिक्षण तथा पर्वतारोहण अभियान समितिको संयोजक चयन भएका छन्। संघले गत बिहीबार गुरुङलाई प्रशिक्षण प्रमुखमा चयन गरेको हो। सो समितिको सहसंयोजकमा आङ नोर्बु शेर्पा, सदस्यहरूमा दावा याङ्जुम शेर्पा, सञ्जीव गुरुङ, पासाङ लामा, दावा टाशी शेर्पा, रामकाजी तिवारी, विनायक जय मल्ल र हरेराम खड्का चयन भएका छन्।

नेपाल पर्वतारोहण संघको माताहतमा ट्रेनिङ इन्स्टिच्यूट स्थापना हुने नवनियुक्त संयोजक गुरुङसँग अपेक्षा गरिएको संघका अध्यक्ष निमा नोर्बु शेर्पाले जानकारी दिए। ‘सुनारजी नेपालकै प्रथम अन्तर्राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक हो। उहाँ ट्रेनिङ कमिटीको संयोजक भइसकेपछि अब पर्वतारोहण संघले ट्रेनिङ इन्स्टिच्यूट स्थापना गर्न सक्षम हुनेछ भन्ने अपेक्षा गरेको छु’, अध्यक्ष शेर्पाले भने, ‘पर्वतारोहण ट्रेनिङ इन्स्टिच्यूट स्थापना भयो भने नेपालमा पर्वतारोहण पर्यटक वृद्धि हुनेछ। राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्वतारोहण गतिविधिहरूमा दक्ष जनशक्ति उत्पादन गर्ने छ।’ साथै सो ट्रेनिङ कमिटीले नेपाली युवाहरूलाई पर्वतारोहण क्षेत्रमा रोजगारीको अवसर सिर्जना गर्ने अपेक्षा गरिएको उनले बताए।

हिमाल आरोहणको क्रममा हराएकाहरूको हाइ अल्टिच्यूट रेस्क्यू गर्ने जनशक्ति तयार हुने अपेक्षा गरिएको उनले बताए। पर्वतारोहीहरूलाई पर्वतीय वातावरण र समग्र पर्वतीय समस्याहरूको बारेमा प्रशिक्षित गरी पर्यटन प्रवद्र्धन गर्न सो ट्रेनिङ कमिटीको भूमिका हुने उनले बताए। नवनियुक्त अध्यक्ष गुरुङले पर्वतारोहण संघले विगतदेखि गर्दै आएको तालिमलाई व्यवस्थित गदै निरन्तर रुपमा अघि बढाउने बताएका छन्।

धार्चे ४ लाप्राक गोरखाका गुरुङ त्रिनेत्र एड्भेञ्चर प्रालिका कार्यकारी निर्देशक हुन् भने नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघका संस्थापक उपाध्यक्ष हुन्। यसअघि उनले निजामति कर्मचारी सगरमाथा आरोहण अभियान २०११ का संयोजकका रुपमा पनि उनले काम गरेका थिए। उनी पर्वतीय प्रशिक्षण पाठ्यक्रम निर्माण उपसमितिमा रहेर पनि काम गरेका थिए।

प्रकाशित: २२ भदौ २०८० १९:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + eleven =