आरती साह मृत्यु प्रकरण : माइतीघरमा धर्ना बसेका परिवारका सदस्यद्वारा कपाल मुण्डन [फोटो फिचर]

दिपेश श्रेष्ठ २२ भदौ २०८० १३:१०
10
SHARES
आरती साह मृत्यु प्रकरण : माइतीघरमा धर्ना बसेका परिवारका सदस्यद्वारा कपाल मुण्डन [फोटो फिचर] आरती साहको न्यायका धर्नामा उनकी आमा र न्याय माग्नका लागि आफ्नै कपाल मुन्डन गर्दै युवा।

काठमाडौँ- आरती साहको न्यायका लागि काठमाडौँस्थित माइतीघरमा धर्नामा रहेका उनका परिवारका सदस्यले कपाल मुण्डन गरेका छन्। आफ्ना मागबारे सरकारले वास्ता नगरेको भन्दै उनीहरूले कपाल मुण्डन गरेको बताएका छन्। साहको परिवारका सदस्यले विरोध प्रदर्शन गरेको ८५ पुग्दा पनि बेवास्ता गरिएको भन्दै आज शुक्रबार कपाल मुण्डन गरे।

धनुषा नगराइन–८ खिरखिरया निवासी २५ वर्षीय साहको दाइजोको कारण परिवारबाट नै हत्या भएको माइती पक्षको दाबी छ। उनको माइती पक्ष घटनाको सत्यतथ्‍य एवं निष्पक्ष छानबिन हुनुपर्ने माग राखी विगत ८५ दिनदेखि माइतीघर मण्डलामा लगातार २४ घण्टे धर्नामा बसिरहेको छ।

प्रकाशित: २२ भदौ २०८० १३:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =