टिभिएसको इलेक्ट्रिक स्कुटर ‘आईक्युब’ नाडा अटो शोमा सार्वजनिक गरिँदै

हिमाल प्रेस २१ भदौ २०८० २०:२८
6
SHARES
टिभिएसको इलेक्ट्रिक स्कुटर ‘आईक्युब’ नाडा अटो शोमा सार्वजनिक गरिँदै

काठमाडौँ- टिभिएसको लागि नेपालका लागि आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नाडा अटो शोमा इलेक्ट्रि स्कुटर ‘टिभिएस आईक्युब’ सार्वजनिक गर्ने भएको छ। नाडा अटो शो आगामी शुक्रबार (भदौ १६ गते)देखि हुँदैछ।

कार्यसम्पादन र व्यावहारिकलाई ध्यानमा राखेर डिजाइन गरिएको उक्त विद्युतीय स्कुटरले दैनिक आवतजावत सहज बनाउँदै सहरी दैनिकीमा एउटा गेम चेन्जरको रूपमा स्थापित हुने विश्वास कम्पनिले लिएको छ।

जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले टिभिएस आईक्युब इलेक्ट्रिक स्कुटरले पर्यावरण र सहरी गतिलशीलता प्रदान गर्ने बताए। ‘आकर्षक मूल्यमा कार्बनरहित भविष्य सुनिश्चित गर्दै आधुनिक सहरका सचेत नागरिकका लागि आकर्षक मूल्यमा नवीनतम् विकल्प प्रदान गर्ने उद्देश्यले हामीले टिभिएस आईक्युब नेपाली बजारमा ल्याएका हौँ,’ उनले भने।

३ किलोवाटको बलियो बिएलडिसि हब मोटरको प्रयोग गरिएको यस टिभिएस आईक्युबको पर्फरमेन्स उत्कृष्ट रहेको कम्पनीको दाबी छ। ४.४० किलोवाटको अधिकतम् पावर र १४० एनएम म्याक्सिमम् टर्क भएकाले आईक्युबले भीडभाड भएको ट्राफिकमा समेत स्पीड र एजिलिटि प्रदान गर्ने कम्पनीले बताएको छ।

कम्पनीका अनुसार उक्त स्कुटरको टप स्पिड ७८ किलोमिटर प्रतिघण्टा रहेको छ। टिभिएस आईक्युबको ३.०४ केडबल्युएच लिथियम–आयन ब्याट्रीले एकपटकको चार्जमा ७५ देखि १०० किलोमिटर सम्मको रेन्ज प्रदान गर्नेछ। स्कुटर फुल चार्ज गर्न ५ घण्टा लाग्नेछ।

प्रकाशित: २१ भदौ २०८० २०:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =