टिभिएसको नयाँ अफर सार्वजनिक

हिमाल प्रेस १० असार २०८० १८:४४
2
SHARE
टिभिएसको नयाँ अफर सार्वजनिक

काठमाडौँ- दुईपांग्रे सवारीसाधन कम्पनी टिभिएसले नयाँ अफर सार्वजनिक गरेको छ। कम्पनीले ‘नयाँ सफर बिना कर अफर’ सार्वजनिक गरेको हो। अफरअन्तर्गत बाइक र स्कुटर खरिदर्मा खरिद वर्षको सडक कर र थप एक वर्षको सडक कर टिभिएस आफैले तिर्ने कम्पनीले जानकारी दिएको छ।

टिभिएसको नेपालका लागि आधिकारिक विक्रेता जगदम्बा मोटर्सले उक्त अफर सबै विक्रेतामा लागू भइसकेको बताएको छ। टिभिएसले आफ्ना बाइक र स्कुटरको खरिदलाई सहज बनाउन आकर्षक फाइनान्स सुविधा पनि ल्याएको कम्पनीको भनाइ छ। जसअन्तर्गत २५ प्रतिशतको डाउन पेमेन्ट र शून्य प्रतिशत ब्याजदरमा टिभिएसका बाइक र स्कुटर खरिद गर्न सकिनेछ।

प्रकाशित: १० असार २०८० १८:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =