‘टिभिएस एनटर्क आरटी-एफआई १२५ रेस एडिसन’ पोखरामा सार्वजनिक

हिमाल प्रेस १८ वैशाख २०८० १६:१८
4
SHARES
‘टिभिएस एनटर्क आरटी-एफआई १२५ रेस एडिसन’ पोखरामा सार्वजनिक

काठमाडौँ- टिभिएस स्कुटर तथा मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता जगदम्बा मोटर्सले ‘टिभिएस एनटर्क १२५ रेस एडिसन’ सार्वजनिक गरेको छ।

पोखरामा आयोजित ‘निर्भयाज वुमन इन कन्सर्ट’ कार्यक्रममा ‘मरीन ब्लू रङ’मा स्कुटर सार्वजनिक गरिएको हो। उक्त रङ युवा वर्गमा रुचाइएको भन्दै कम्पनीले अहिलेकै रेस संस्करणमा रातो र पहेँलो रङमा पनि उपलब्ध गराउने उल्लेख गरेको छ। ‘टिभिएस एनटर्क १२५ रेस एडिसनको नयाँ स्ट्राइकिङ मरीन ब्लु कलरमा समावेश चेकर्ड फ्ल्याग रेस-प्रेरित ग्राफिक्सले छुट्टै स्टाइल स्टेटमेन्ट बनाउँछ’ कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘कालो, मेटालिक ब्ल्याक र मेटालिक नीलो रङको संयोजनले राइडरलाई फरक अनुभूति गराउँछ।’

कन्सर्टमा फ्लेम ब्यान्डबाट मेघा श्रेष्ठ, द ड्रिमर्जलगायतका ख्यातिप्राप्त सांगितिक समूह अभया एन्ड द स्टिम एन्जन्सको प्रस्तुति थियो। उक्त स्टेजमै स्कुटर अनावरण गरिएको र पछि शोरूममा पनि स्कुटर सार्वजनिक गरिएको कम्पनीले बताएको छ।

जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहिल अग्रवालले उक्त स्कुटर सार्वजनिक गर्न पाउँदा खुसी लागेको बताए। ‘नेपालमा टिभिएस एनटर्क आरटी-एफआई १२५ रेस एडिसन मरीन ब्लू रङमा सार्वजनिक गर्न पाउँदा खुसी छौँ,’ उनले भने, ‘स्मार्ट स्कूटर आरटी-एफआईको समावेश एक बेस्ट-इन-क्लास अनुभव प्रदान गर्न डिजाइन गरिएको हो।’

त्यस्तै कम्पनीका कार्यकारी निर्देशक अखिल गुप्ताले टिभिएस एनटर्क आरटी-एफआई १२५ ले युवा वर्गलाई रोमाञ्चकता प्रदान गर्ने बताए। नेपालमा सबैभन्दा लोकप्रिय स्कुटर ब्रान्ड बनेको दाबी गर्दै उनले टिभिएस एनटर्क आरटी-एफआई १२५ सुसज्जित रहेको बताए।

टिभिएस एनटर्क १२५ रेस एडिसनको मूल्य २ लाख ९९ हजार ९ सय रुपैयाँ रहेको कम्पनीले बताएको छ। उक्त स्कुटर पोखरामा बतास ब्रदर्सले उपलब्ध गराउनेछ।

प्रकाशित: १८ वैशाख २०८० १६:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =