सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दामा गौशाला २६ को जन्मदर्ता पुनः प्रमाणीकरण गर्न आदेश

हिमाल प्रेस २१ भदौ २०८० १८:००
168
SHARES
सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दामा गौशाला २६ को जन्मदर्ता पुनः प्रमाणीकरण गर्न आदेश जिल्ला अदालत काठमाडौँ परिसरमा सन्दीप लामिछाने। फाइल तस्बिर

काठमाडौँ- क्रिकेटर सन्दीप लामिछानेविरुद्धको नाबालिग बलात्कार मुद्दामा काठमाडौँ जिल्ला अदालतले पीडित गौशाला २६ को जन्मदर्ता प्रमाणपत्र पुनः प्रमाणीकण गर्न आदेश दिएको छ। आज बिहीबार न्यायाधीश सकुन्तला कार्कीको इजलासले गौशाला २६ को जन्म दर्ता प्रमाणीकरण गर्न आदेश दिएको हो।

जन्म दर्ता यसअघि पनि प्रमाणीकरण गरिएको थियो। तर आज फेरि सम्बन्धित स्थानीय पालिकाबाट प्रमाणीकरण गरेर ल्याउन भनिएको हो। यसअघि, गत साउन ३२ गते नै अन्तिम सुनुवाइ हुने भनिए पनि त्यसदिन न्यायाधीश राजुकमार खतिवडाको इजलासले पीडित गौशाला २६ की आमाको उमेर एकिन गर्न आदेश दिएको थियो।

त्यसपछि भदौ १० गते नै उक्त मुद्दाको अन्तिम सुनुवाइ भनिए पनि हेर्न नभ्याइने सूचीमा राखियो। त्यसदिन न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा परेको उक्त मुद्दा हेर्न नभ्याउनेमा परेपछि भदौ २१ गतेका लागि पेसी तोकिएको थियो।

पेसी सरेपछि लामिछाने भदौ ११ गते नै एसिया कप खेल्न पाकिस्तान गएका थिए। लामिछाने अहिले स्वदेश फर्किएपछि सुनुवाइ सुरु भएको हो।

प्रकाशित: २१ भदौ २०८० १८:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − fourteen =