सन्दीप लामिछानेको फैसलाविरुद्धको पुनरावेदन सुनुवाइ आज

हिमाल प्रेस १० वैशाख २०८१ ८:१३
8
SHARES
सन्दीप लामिछानेको फैसलाविरुद्धको पुनरावेदन सुनुवाइ आज फाइल तस्बिर

काठमाडौँ- क्रिकेटर सन्दीप लामिछानेको जिल्ला अदालतको फैसलामाथि गरेको पुनरावेदनमा आज सुनुवाइ हुँदैछ।

लामिछानेविरुद्धको यो मुद्दामा यसअघि गत वैशाख ३ गतेको सुनुवाइमा न्यायाधीशले वडाबाट एउटा कागजात मगाउने आदेश दिएका थिए।

न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको इजलासले तादी गाउँपालिकाको वडा नम्बर २ गौशाला २६ ले जन्मदर्तामा जन्ममिति सच्याउन दिएको निवेदन झिकाउन आदेश गरेको थियो। साथै, जन्ममितिसम्बन्धी स्पष्ट हुने कागजात पनि माग्ने आदेश भएको छ।

 

प्रकाशित: १० वैशाख २०८१ ८:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =