गृहमन्त्रीलाई गगन थापाले सोधे : काठमाडौँमा एक्लै हिँड्न नमिल्ने भएको हो?

हिमाल प्रेस २१ भदौ २०८० १३:४६
26
SHARES
गृहमन्त्रीलाई गगन थापाले सोधे : काठमाडौँमा एक्लै हिँड्न नमिल्ने भएको हो? फाइल तस्बिर।

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि बुधबार भएको खुकुरी आक्रमणबारे गृहमन्त्रीमाथि प्रश्न उठाएका छन्। आज बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा थापाले काठमाडौँमा एक्लै हिँड्न नसक्ने अवस्था भएको हो भन्दै प्रश्न सोधेका हुन्।

‘कोही सन्काले हान्यो भनेर यसलाई थामथुम पार्ने सामसुम पार्न खोजिँदैछ। नेपाल कांग्रेसको तर्फबाट सरकारलाई सचेत गराउन चाहन्छु,’ उनले भने, ‘सरकारको ध्यानाकर्षण गराउन चाहनछु। या विषयको गहिरो अनुसन्धान भएर सबै पक्षहरुको बारेमा अनुसन्धान होस्।’

काठमाडौँमा एक्लै हिँड्न हुने हो कि नहुने भन्दै उनले गृहमन्त्रीलाई प्रश्न गरे। उनले भने, ‘गृहमन्त्रीलाई सोध्न चाहन्छु के अब हामीले काठमाडौँमा एक्लै हिँड्न नमिल्ने भएको हो? कोही जलाइदिन्छु भन्छ कोही खुकुरी हान्छ। हामी एक्लै हिँड्न हुने हो कि नहुने हो?’

सहमहामन्त्री यादवमाथि बुधबार दिउँसो रिपोर्टस् क्लबबाट निस्किँदै गर्दा नुवाकोटका श्याम सापकोटाले खुकुरी प्रहार गरेका थिए। खुकुरी प्रहारबाट यादवको टाउकोमा चोट लागेको छ। उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। उनी खतरामुक्त रहेको अस्पतालले जनाएको छ।

प्रकाशित: २१ भदौ २०८० १३:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 7 =