कांग्रेस सहमहामन्त्रीमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न मधेशका मुख्यमन्त्रीको माग

हिमाल प्रेस २१ भदौ २०८० ६:३७
6
SHARES
कांग्रेस सहमहामन्त्रीमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न मधेशका मुख्यमन्त्रीको माग

काठमाडौँ-  मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको घटनाको भर्त्सना गर्दै दोषीलाई तत्काल कडा कारबाही गर्न माग गरेका छन् ।

बुधबार एक प्रेस विज्ञप्ति जारी गरी मुख्यमन्त्री यादवले सहमहामन्त्री यादवमाथि भएको सांघातिक आक्रमणप्रति ध्यानाकर्षण भएको जनाउँदै दोषीलाई तत्काल कारबाही गर्न माग गरेका हुन् ।

उनले लोकतन्त्रको बुई चढेर निरंकुशतावादी शक्तिहरु सल्बलाइरहेको भन्दै यो घटना गम्भीर प्रकृतिको रहेको बताएका छन् ।

मधेशबाट राजनीति गर्ने सरल प्रकृतिका कांग्रेस नेता यादव आक्रमणको शिकार हुनु चिन्ताजनक रहेको बताउँदै उनले केहीदिन यता हरेक कुरामा लोकतन्त्रको खिल्ली उडाउने प्रवृत्ति बढदै गइरहेको बताएका छन् ।

लोकतन्त्रको आवरणमा लोकतन्त्रलाई नै ध्वंश पार्ने कदम अस्वीकार्य रहेको उनको भनाइ छ । मुख्यमन्त्री यादवले प्रतिक्रियावादी शक्ति यो हदसम्म पुग्नु चरम दण्डहिनताको उदारहण रहेको बताएका छन् । साथै उनले यादवको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।

प्रकाशित: २१ भदौ २०८० ६:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + ten =