बागमती प्रदेशसभा आज पनि सूचना टाँसेर स्थगित

हिमाल प्रेस २० भदौ २०८० १३:५३
6
SHARES
बागमती प्रदेशसभा आज पनि सूचना टाँसेर स्थगित फाइल तस्बिर

काठमाडौँ– आजको लागि तय गरिएको बागमती प्रदेशसभाको बैठक पुनः स्थगित भएको छ। दिउँसो १ बजेका लागि तय गरिएको बैठक सूचना टाँस गरेर स्थगित भएको प्रदेशसभा सचिवालयले जनाएको छ।

प्रदेशसभाको अर्को बैठक यही भदौ २४ गते दिउँसो १ बजे बस्ने प्रदेश सचिवालयका प्रवक्ता मनोज गुप्ताले जानकारी दिए।

यसअघि गत असार २२ गते प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८०/०८१ को बजेट पारित गरेसँगै अनिश्चितकालका लागि स्थगित भएको बैठक दुई महिनापछि बस्ने तय गरिएको थियो।

प्रकाशित: २० भदौ २०८० १३:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =