बागमतीका मुख्यमन्त्री शालिकरामले तेस्रोपटक पाए विश्वासको मत

हिमाल प्रेस १९ चैत २०८० १८:३३
22
SHARES
बागमतीका मुख्यमन्त्री शालिकरामले तेस्रोपटक पाए विश्वासको मत मुख्यमन्त्री।

काठमाडौँ- बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाएका छन्। उनले तेस्रोपटक विश्वासको मत प्राप्त गरेका हुन्।

सोमबारको प्रदेशसभा बैठकमा भएको मत विभाजनमा उनको पक्षमा ५६ मत पर्‍यो। विपक्षमा ३७ र तटस्थ १५ सांसद रहे। बैठकमा १०८ सांसद उपस्थित थिए। बागमती प्रदेशसभामा ११० सांसद छन्।

उनलाई माओवादी केन्द्र, नेकपा (एमाले), नेकपा (एकीकृत समाजवादी), हाम्रो नेपाली पार्टी (हानेपा)का सांसदले विश्वासको पक्षमा मत दिएका थिए। हानेपाका दुई सांसदमध्ये सरिता खड्गी भने अनुपस्थित रहिन्।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रदेशसभा सदस्यले जम्कट्टेलको विपक्षमा मतदान गरे। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद भने तटस्थ रहे। माओवादी संसदीय दलका नेता जम्कट्टेल २०७९ पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए। उनले यसअघि ०७९ माघ ३ गते र सोही वर्षको चैत १० गते दोस्रोपटक विश्वासको मत लिएका थिए।

प्रकाशित: १९ चैत २०८० १८:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 8 =