बागमती प्रदेश सभामुखले बोलाए सर्वदलीय बैठक

हिमाल प्रेस २४ भदौ २०८० ७:०७
4
SHARES
बागमती प्रदेश सभामुखले बोलाए सर्वदलीय बैठक फाइल तस्बिर

मनहरी- बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले आइतबार सर्वदलीय बैठक बोलाएका छन्। बागमती प्रदेशसभामा एमालेसहित विपक्षी दलको चेतावनीपछि बस्न नसकेको प्रदेशसभा बैठक सञ्चालनका सम्बन्धमा सभामुख पाठकले आज (आइबतार) बिहान १० बजेका लागि सर्वदलीय बैठक बोलाएका हुन्।

उनले लामो समयपछि बस्न लागेको बैठक निरन्तर सञ्चालन हुन नसके गलत सन्देश जाने भएकाले सदन सञ्चालनका लागि सर्वदलीय बैठक बोलाइएको बताए। बागमतीमा गत असार २२ गतेपछि प्रदेशसभा बैठक बस्न सकेको छैन।

भदौ १८ गतेका लागि आह्वान गरिएको प्रदेशसभा बैठक पनि सरकार र विपक्षी दलबीच सहमति हुन नसकेपछि तीनपटक स्थगित भइसकेको छ।

प्रकाशित: २४ भदौ २०८० ७:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − ten =