एसिया कप हेर्न जनकपुरका विद्यालय २ बजेपछि बिदा

हिमाल प्रेस १८ भदौ २०८० ७:३३
10
SHARES
एसिया कप हेर्न जनकपुरका विद्यालय २ बजेपछि बिदा

काठमाडौँ- एसिया कप क्रिकेटअन्तर्गत आज हुने नेपाल भारतबीचको खेल हेर्न जनकपुरका विद्यालय आधा दिन बन्द गर्न आग्रह गरिएको छ।

उपमहानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै सामुदायिक तथा संस्थागत सबै विद्यालय दिउँसो २ बजेपछि बन्द गर्न आग्रह गरेको हो।

‘जनकपुरधाम उपमहानगरपालिकाअन्तर्गत राम जानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशाला निर्माण, विद्यार्थीहरूमा खेल भावना र एसिया कपमा नेपाल र भारतसँग हुने खेलमा नेपाल गौरवान्वित महसुस गरेकोले टिमको हौसला बढाउन मिति २०८०/०५/१८ गतेका दिन २ बजे पछि कुनै पनि कक्षा सञ्चालन नगरी बिदा गरिदिनुहुन आदेशअनुसार अनुरोध छ’, उपमहानगरका शिक्षा तथा खेलकुद विकास शाखा प्रमुख अन्जु पाण्डेयले जारी गरेको सूचनामा उल्लेख छ ।

यसअघि पाकिस्तानसँगको खेलको समयमा पनि जनकपुरका कतिपय विद्यालय बन्द भएका थिए।

नेपाल र भारतबीतको खेल आज दिउँसो ३ बजे हुँदैछ। पहिलो खेलमा नेपाल पाकिस्तानसँग फराकिलो अन्तरले पराजित भएको थियो।

प्रकाशित: १८ भदौ २०८० ७:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − eighteen =