हारपछि पनि भारत समूह विजेता

एसिया कप : भारतको अपराजित यात्रामा ‘ब्रेक’

हिमाल प्रेस ३० भदौ २०८० ७:४०
16
SHARES
एसिया कप : भारतको अपराजित यात्रामा ‘ब्रेक’

काठमाडौँ- बंगलादेशसँग छ रनको हार व्यहोर्दै भारतले एसिया कपमा अपराजित यात्रामा ब्रेक लगाएको छ।

बंगलादेशले दिएको २६६ रनको लक्ष्य पछ्याउँदै भारत ४९ दशमलब ५ ओभरमा २५९ रन बनाएसँगै अपराजित यात्रामा ब्रेक लागेको हो।

यसअघिका कुनै पनि खेल भारतले हारेको थिएन। भारतविरुद्धको खेलमा बंगलादेशले जित निकाले पनि एसिया कप यात्राबाट बाहिरिएको छ।

यसअघिकै सुपर ४ का खेलमा हार व्यहोरेपछि बंगलादेश फाइनल पुग्न नसकेको हो। यता पराजित भारत भने फाइनल पुगिसकेको छ। फाइनलमा भारतको भेट सहआयोजक श्रीलंकासँग हुनेछ।

भारतका लागि ओपनर शुभमन गिलले १२१ रनको शतकीय पारी खेले पनि जीत दिलाउन सकेनन्।

बंगलादेशका लागि मुस्ताफिजुर रहमानले ३ तथा तन्जिम हसन र महिदी हसनले समान २र२ विकेट लिए।

त्यसअघि हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २६५ रन बनाएको थियो।

हारका बाबजुत भारत समूह विजेताको रूपमा फाइनल पुगेको छ। बिहीबार पाकिस्तानलाई पराजित गर्दै श्रीलंका फाइनल पुगेको थियो।

समूह ए मा परेको भारतले पाकिस्तान र नेपाललाई हराउँदै अन्तिम चारमा स्थान बनाएको थियो। यता समूह बी मा परेको बंगलादेशले श्रीलंका, अफगानिस्तानसँग खेलेको थियो।

प्रकाशित: ३० भदौ २०८० ७:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =