एसिया कप क्रिकेटका लागि पाकिस्तान र बंगलादेशी टिम घोषणा

नेपालसहित चार टिमका खेलाडीको लागेन टुंगो

हिमाल प्रेस २७ साउन २०८० १४:२४
20
SHARES
एसिया कप क्रिकेटका लागि पाकिस्तान र बंगलादेशी टिम घोषणा

काठमाडौँ- यही अगस्ट ३० तारिखदेखि सुरु हुन लागेको एसिया कप क्रिकेट २०२३ का लागि अहिलेसम्म दुई टिमले आ-आफ्नो टिम घोषणा गरेका छन्। इन्टरनेसनल क्रिकेट काउन्सिल (आईसीसी)का अनुसार शनिबारसम्म पाकिस्तान र बंगलादेशलेमात्रै आ-आफ्नो टिम घोषणा गरेका छन्।

पाकिस्तानले १७ सदस्ययी टिम र बंगलादेशले १७ सदस्यीय टिम घोषणा गरेका छन्। ६ टिमको सहभागिता हुने प्रतियोगितामा नेपालसहित, भारत, अफगानस्तान, र श्रीलंकाले टिम घोषणा गरेका छैनन्।

पाकिस्तानी टिम बाबर आजमको नेतृत्वमा एसिया कप खेल्नेछ। टिममा आजमसहित अब्दुल्लाह सफिक, फकर जमान, इमामउल हक, सलमान अलि अघा, इफ्तिकर अह्मद, तयाब तहिर, महम्मद रिजवान, महम्मद ह्यारिस, सादब खान छन्। त्यस्तै महम्मद नवाज, उसामा मिर, फहिम अश्रफ, ह्यारिस रफ, महम्मद वाजिम, नसिम साह र साहिन अफ्रिदि छन्।

त्यस्तै बंगलादेशी टिम सकिब अल हसनको नेतृत्वमा मैदान उत्रनेछ। हसनको नेतृत्वमा लिटन दास, तान्जिद हसन तमिम, नजमुल हुसेन सान्टो, मुजफिकर रहमानलगायत १७ सदस्यीय टिम रहेको छ।

नेपाल, भारत र पाकिस्तान एउट समूह तथा अफगानस्तान, श्रीलंका र बंगलादेश अर्काे समूहमा छन्। प्रतियाेगिताकाे उद्‍घाटन खेल पाकिस्तानमा नेपाल र पाकिस्तानबीच हुने तय गरिएकाे छ। भारतसँगका खेल भने श्रीलंकामा हुनेछन्।

प्रकाशित: २७ साउन २०८० १४:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 4 =