एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

हिमाल प्रेस १८ भदौ २०८० ७:१३
6
SHARES
एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौँ- नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय बैठक सोमबार बस्दैछ।

बैठक आज बिहान ८ बजेका लागि आह्वान गरिएको पार्टीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

केन्द्रीय समिति बैठकले गरेका निर्णय कार्यान्वयनका सम्बन्धमा छलफल गर्न आज बैठक बोलाइएको हो।

प्रवक्ता खतिवडाका अनुसार आजको बैठकमा आगामी माघमा तय भएको पार्टीको महाधिवेशनको तयारीबारे पनि छलफल हुनेछ।

बैठकमा समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने जनाइएको छ।

प्रकाशित: १८ भदौ २०८० ७:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − twelve =