‘परिवार नियोजन’ गरेर बाँदर नियन्त्रण गरौँ, बँदेल शिकार गरेर मासु खान पाउने व्यवस्था मिलाऔँ : आरजु राणा

हिमाल प्रेस १७ भदौ २०८० १६:२४
36
SHARES
‘परिवार नियोजन’ गरेर बाँदर नियन्त्रण गरौँ, बँदेल शिकार गरेर मासु खान पाउने व्यवस्था मिलाऔँ : आरजु राणा

काठमाडौँ– कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति आरजु राणा देउवाले किसानको समस्या समाधान गर्न बाँदर आतंक बन्द गर्नुपर्ने बताएकी छन्। आइतबार समितिको बैठकमा सांसदहरूले बाँदरले किसानलाई हैरान पारेको गुनासो राखेपछि उनले बाँदरको संख्या घटाउन परिवार नियोजनको कार्यक्रम सुरु गर्नुपर्ने बताएकी हुन्।

उनले बाँदरले जस्तै बँदेलले पनि अन्नबालीमा क्षति पुर्‍याएको भन्दै यसको नियन्त्रणको खोजी गर्नुपर्ने बताइन्। बँदेल शिकार गर्न दिनुपर्ने उनको भनाइ छ।

‘यो संवेदनशील विषय हो किनभने मानिसको खाना नै क्षति भइरहेको छ। बाँदरको पहिलादेखि समस्या थियो, बँदेलको पनि समस्या रहेछ,’ उनले भनिन्, ‘संरक्षण गर्नु राम्रो हो, म एकदमै संरक्षण अभियन्ता नै हो। तर मान्छेले खान नपाउनेगरी संरक्षण गरेर त फाइदा छैन।’ कलिङको एउटा प्रिन्सिपल हामीले ल्याउनुपर्‍यो। किनभने बँदेल त खान्छ नी मान्छेले, बाँदर त खाँदैन।’

उनले बाँदर नियन्त्रणबारे भारतको हिमाञ्चल प्रदेशको उदाहरण दिँदै भनिन्, ‘बाँदरलाई त फ्यामेली प्लानिङ गरे हुने रहेछ। भारतको हिमाञ्चल प्रदेशमा त त्यही गरेको रहेछ। उनीहरुको पनि हाम्रोमा जस्तै समस्या थियो रे, परिवार नियोजन गरेर दुई तिन बर्षमा नियन्त्रण भएछ। त्यसकारण हामीले वन्यजन्तु विभागलाई केही चाँही गरेर ल्याउ भन्नुपर्‍यो। मान्छेले खानै नपाउने भएपछि समस्या भयो।’

प्रकाशित: १७ भदौ २०८० १६:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 6 =