आरजु राणाको प्रस्ताव : बालविवाह रोक्न लाइसेन्सको व्यवस्था गरौँ

हिमाल प्रेस २६ पुष २०८० १५:०६
6
SHARES
आरजु राणाको प्रस्ताव : बालविवाह रोक्न लाइसेन्सको व्यवस्था गरौँ फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसकी सांसद आरजु राणाले बालविवाह रोक्न विवाह लाइसेन्सको व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेकी छन्। आज बिहीबार ललितपुर आयोजित एक कार्यक्रममा बोल्दै नेतृ राणाले सानै उमेरमा हुने विवाह रोक्नको लागि विवाह लाइसेन्सको व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको बताएकी हुन्।

‘सबै प्रक्रिया पुर्‍याएर विवाह लाइसेन्स लिएर मात्रै विवाह गर्ने प्रणाली विकास गर्न आवश्यक छ,’ उनले भनिन्, ‘धेरै देशहरूमा विवाह अगाडि विवाह लाइसेन्स लिनुपर्ने व्यवस्था रहेको छ।’

विवाह गर्नको लागि पहिला नै लाइसेन्स लिनुपर्ने व्यवस्था गर्नसके कम उमेरमा विवाह गर्ने र विवाहको नाटक गरेर बेच्ने परिपाटी अन्त्य हुने उनको भनाइ छ। यसका लागि वडा तहदेखि कानुनी रूपमा नीति बनाउन उनको सुझाव छ।

उनले बालविवाह, महिला हिंसा, बलात्कार जस्ता विकृतिहरू रोक्नको लागि कानुन नै एकमात्र विकल्प हुनसक्ने बताइन्।

प्रकाशित: २६ पुष २०८० १५:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − three =