रूस, बेलारूस र इरानका राजदूतलाई नोबेल पुरस्कार समारोहमा बन्देज

हिमाल प्रेस १६ भदौ २०८० २०:०६
22
SHARES
रूस, बेलारूस र इरानका राजदूतलाई नोबेल पुरस्कार समारोहमा बन्देज

काठमाडौँ– नोबेल फाउन्डेसनले यस वर्षको नोबेल पुरस्कार समारोहमा रूस र बेलारूसका राजदूतलाई आमन्त्रण गर्ने आफ्नो निर्णय फिर्ता लिएको छ। सन् २०२२ मा स्टकहोममा वार्षिक नोबेल पुरस्कार समारोह र भोजको आयोजना गर्ने नोबेल फाउन्डेसनले युक्रेन युद्धका कारण स्टकहोम पुरस्कार कार्यक्रममा रूसी र बेलारूसी राजदूतहरूलाई निमन्त्रणा नगर्ने निर्णय गरेको थियो।

विरोध प्रदर्शनको लहरमाथि इरानी सेनाले गरेको दमनलाई लिएर उनीहरूले इरानी राजदूतका सम्बन्धमा पनि यस्तै निर्णय लिएका थिए। यद्यपि स्विडेनको फाउन्डेसनले स्विडेनमा प्रतिनिधित्व गर्ने सबै देशका राजदूतहरूलाई आमन्त्रण गर्ने आफ्नो पुरानो अभ्यास जारी राख्दै यी बाहेकलाई बोलाएकाे छ। फाउन्डेसनले शनिबार भनेको छ, ‘नोबेल पुरस्कारका मूल्य र सन्देशका साथ सकेसम्म व्यापक रूपमा पुग्नु महत्वपूर्ण र सही हो भन्ने मान्यतामा आधारित भएर यो निर्णय गरिएको हो।’

यद्यपि कडा प्रतिक्रियाहरूले ‘यो सन्देशलाई पूर्ण रूपमा ओझेलमा पारेको’ उल्लेख गरिएको छ। फाउन्डेसनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले हामी गत वर्षको अपवादलाई नियमित अभ्यासका लागि दोहोर्‍याउन चाहन्छौं अर्थात् स्टकहोममा हुने नोबेल पुरस्कार समारोहमा रूस, बेलारूस र इरानका राजदूतलाई आमन्त्रण गर्दैनौँ। ‘

यसअघि नर्वेली नोबेल इन्स्टिच्युटले ओस्लोमा आयोजना हुने शान्ति पुरस्कार समारोहमा सबै राजदूतलाई निमन्त्रणा गर्ने गरेको पुरानो परम्परालाई निरन्तरता दिँने गरेकाे थियो। राजदूतहरूलाई निमन्त्रणा गर्ने अघिल्लो निर्णयबारे जानकारी गराइएको विज्ञप्तिमा भनिएको छ, ‘पहिलेजस्तै ओस्लोमा हुने समारोहमा सबै राजदूतलाई निमन्त्रणा गरिनेछ।’

रूस र बेलारूसका प्रतिनिधिहरूलाई फेरि एकपटक आमन्त्रण गर्ने निर्णयले स्वीडेन र विदेशमा आक्रोश पैदा गरेकोले यसबारे सोच्न बाध्य पारेको छ । युक्रेनी विदेश मन्त्रालयका प्रवक्ता ओलेग निकोलेन्कोले फेसबुकमा लेखेका छन्, ‘फाउन्डेसनले रूस र बेलारूसलाई एक्ल्याउने प्रयासलाई समर्थन गर्नुपर्छ किनभने लाखौं युक्रेनीहरू बिना उक्साहट युद्धबाट पीडित छन् र रूसी शासनलाई उसको अपराधका लागि दण्डित गरिएको छैन।’

स्वीडेनका प्रधानमन्त्री उल्फ क्रिस्टरसनले पनि फाउन्डेसनको निर्णयप्रति आफू असहमत रहेको बताए। एएफपीसँगको एक लिखित पत्रमा उनले भनेका छन्, ‘यदि मैले पुरस्कार समारोहमा निमन्त्रणा पाएको भए मैले त्यसो गर्ने थिइनँ र मैले बुझेको छु कि यसले स्वीडेन र युक्रेन दुवैका धेरै मानिसहरूलाई दुःखी बनाएको छ।’ फाउन्डेसनले पहिले नै निमन्त्रणा गरेको तर आयोजक मुलुकहरुले उनीहरुलाई बोलाउन चाहेकाे थिएन।

केन्द्र, ग्रीन, लेफ्ट र लिबरल पार्टीका नेताहरूसहित स्वीडेनका केही प्रमुख राजनीतिज्ञहरूले रूसी राजदूतको उपस्थितिलाई लिएर कार्यक्रम बहिष्कार गर्ने बताएका छन्। हरेक वर्ष डिसेम्बर १० का दिन स्टकहोममा चिकित्सा, भौतिकशास्त्र, रसायनशास्त्र, साहित्य र अर्थशास्त्रका विधाका विजेताहरूलाई राजा कार्ल सोह्रौं गुस्ताफबाट पुरस्कार प्रदान गरिन्छ । शान्ति पुरस्कार विजेताका लागि सोही दिन ओस्लोमा छुट्टै समारोह आयोजना गरिन्छ । रासस/एपी, एएफपी

प्रकाशित: १६ भदौ २०८० २०:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =