शुक्रबार कार्यालय खुलाउनेलाई महानगरले भन्यो : अब कारवाही गर्छौ

हिमाल प्रेस १६ भदौ २०८० १०:४६
38
SHARES
शुक्रबार कार्यालय खुलाउनेलाई महानगरले भन्यो : अब कारवाही गर्छौ काठमाडौँ महानगर

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले भदौ १५ दिइएको सार्वजनिक बिदामा केही विद्यालय सञ्चालन गरिएको भन्दै कारवाही गर्ने भएको छ।

महागरले शुक्रबार विज्ञप्ति जारी गर्दै सूचना उल्लंघन गर्दै बिदा नदिइएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

विज्ञप्तिमा स्थानीय सरकारले गरेको निर्णय पालना नगरेमा प्रचलित कानुनबमोजिम कारवाही हुने समेत उल्लेख छ।

‘स्थानीय सरकारले गरेको निर्णय अनिवार्य रूपमा पालना गर्न सबैमा अनुरोध गर्दै यो सूचना विपरीत गरेमा प्रचलित कानुनबमोजिम कारबाही हुने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ’, सूचनामा भनिएको छ।

प्रकाशित: १६ भदौ २०८० १०:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 2 =