त्रुटिरहित ढंगबाट जिम्मेवारी निर्वाह गर्न सशस्त्र आईजीपीको निर्देशन

हिमाल प्रेस १५ भदौ २०८० २१:१३
18
SHARES
त्रुटिरहित ढंगबाट जिम्मेवारी निर्वाह गर्न सशस्त्र आईजीपीको निर्देशन

काठमाडौँ- सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले पदीय जिम्मेवारी त्रुटिरहित ढंगबाट निर्वाह गर्न सशस्त्र प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएका छन्।

काठमाडौँको हलचोकस्थित सशस्त्र प्रहरी बलको प्रधान कार्यालयमा आज (शुक्रबार) बढुवा भएका प्रहरी अधिकृतलाई दर्ज्यानी चिह्न प्रदानपछि आयोजित समारोहमा उनले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गरी पेसाप्रति पूर्ण निष्ठावान हुँदै सेवा प्रवाह गर्न निर्देशन दिएका हुन्।

उनले कार्यक्षेत्रमा परिचालित हुँदा पूर्णक्षमता, व्यावसायिकता, इमान्दारिताका साथ जिम्मेवारी निर्वाह गर्न आग्रह गर्दै फौजी परम्पराको रक्षा गर्नु सबै तहका राष्ट्रसेवकको दायित्व रहेको उल्लेख गरे।

नेपाल सरकार गृह मन्त्रालय (उपप्रधानमन्त्री एवं गृहमन्त्रीस्तर)को भदौ ११ गतेको निर्णयले सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकमा बढुवा भएका वरिष्ठ अधिकृतलाई उनले आज दर्ज्यानी चिह्न प्रदान गरेका थिए।

सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूहतर्फका १२ जना सशस्त्र प्रहरी उपरीक्षक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवा भएका हुन्।

प्रकाशित: १५ भदौ २०८० २१:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =