एमसीसीविरुद्ध विप्लवले आन्दोलन गर्ने

हिमाल प्रेस १५ भदौ २०८० १०:००
6
SHARES
एमसीसीविरुद्ध विप्लवले आन्दोलन गर्ने

काठमाडौँ- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले एमसीसी कार्यान्वयनविरुद्ध पहिलो चरणको संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ।

जसमा गोष्ठी र मार्चपास अभियान रहेका छन्।

शुक्रबार बिहान बसेको सो पार्टीको स्थायी कमिटी बैठकले काठमाडौँको लप्सेफेदीबाट धादिड, नुवाकोट, मकवानपुर, नवलपरासी, रुपन्देही लगायतका जिल्लामा अन्तरक्रिया र गोष्ठी हुनेछन्।

ती कार्यक्रम सकभर देशभक्तहरूको संयुक्त रूपमा आयोजना गरिने र यदि त्यसो नभए पनि नेकपाले एकल रूपमा गोष्ठी र अन्तर्क्रियाहरु गर्ने नेकपाले जनाएको छ।

यी कार्यक्रम भदौ १९ देखि २३ सम्म हुनेछन्। शर्माका अनुसार असोज १ गतेदेखि १५ गतेसम्म एमसीसीविरुद्ध मार्चपास अभियान चलाउने पनि बैठकले निर्णय गरेको छ।

गोष्ठीको कार्यक्रम सकिएपछि असोज १ देखि १५ गतेसम्म एमसीसीविरुद्ध मार्चपास अभियान सुरु गर्ने छ। त्यसमा सामना सांस्कृतिक परिवार र कलाकार माइला लामासहितको टोली पनि सहभागी हुनेछ।

पहिलो चरणको कार्यक्रम सकिएपछि स्थायी कमिटी बैठक बसेर दोस्रो चरणको कार्यक्रम तय गर्ने सो पार्टीले जनाएको छ।

प्रकाशित: १५ भदौ २०८० १०:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =