शान्तिसेनामा महिला : धेरै सहभागी गराउनेमा नेपाल पहिलो

हिमाल प्रेस ११ भदौ २०८० १६:१३
12
SHARES
शान्तिसेनामा महिला : धेरै सहभागी गराउनेमा नेपाल पहिलो तस्बिर : नेपाली सेना

काठमाडौँ– शान्तिसेनामा सबैभन्दा बढी महिला सहभागी गराउने मुलुकमा नेपाल पहिलो नम्बरमा रहेको छ। नेपाली सेनाका अनुसार संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रमध्ये शान्तिसेनामा हाल ५६४ महिला शान्ति सैनिकका रूपमा खटिएका छन्। यो सबैभन्दा ठूलो महिला सहभागिता रहेको नेपाली सेनाले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

नेपालबाट शान्तिसेनामा महिला सहभागिता सन् २००० देखि भएको हो। त्यति बेला युनिफिलमा एक जना डाक्टर र एकजना नर्स महिला सहभागी भएका थिए। यस्तै नेपाल संयुक्त राष्ट्रसंघलाई फौज उपलव्ध गराउने सदस्य राष्ट्रमध्ये शीर्ष दोस्रो स्थानमा छ। नेपाली सेनाबाट विभिन्‍न १३ मिसनमा गरी हाल ६ हजार ७० जना खटिएका छन्।

यसैबीच सैनिक प्रहरी युनिट नवौँ डफ्फामा ७१ जना शान्ति सैनिक आइतबार सेन्ट्रल अफ्रिकन रिपब्लिकतर्फ प्रस्थान गरेका छन्। प्रमुख सेनानी अशोककुमार मल्लको नेतृत्वमा रहेको उक्त टोली संयुक्त राष्ट्रसंघको चार्टर्ड विमानद्वारा त्यसतर्फ गएको हो। सोही मिसनमा सहभागी शान्ति सेना आठौँ डफ्फाका ७१ जना सैनिक  प्रमुख सेनानी भगत तामाङको नेतृत्वमा स्वदेश फिर्ता भएका थिए।

प्रकाशित: ११ भदौ २०८० १६:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + ten =