संसदीय समितिको सभापतिमा यी हुन् माओवादीबाट सभापतिका उम्मेदवार

हिमाल प्रेस १० भदौ २०८० १२:१४
46
SHARES
संसदीय समितिको सभापतिमा यी हुन् माओवादीबाट सभापतिका उम्मेदवार

काठमाडौँ- नेकपा (माओवादी केन्द्र)ले संसदीय समितिको सभापतिको उमेदवार टुंगो लगाएको छ। सत्ताको नेतृत्वकर्ता माओवादीले आजमात्रै संसदीय विषयगत समितिको सभापतिको टुंगो लगाएको हो।

माओवादीबाट पूर्वाधार विकास समिति सभापतिका लागि माधव सापकोटा र कानुन, न्याय तथा मानवअधिकार समितिमा विमला सुवेदीलाई उमेदवार बनाइने एक नेताले जानकारी दिए।

सापकोटा सिन्धुपाल्चोक क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। विमला समानुपातिक सांसद हुन्।

प्रतिनिधिसभाका १० विषयगत समिति सभापतिका लागि आज उमेदवारी मनोनयन हुँदै छ। संसदीय समितिमा माओवादीसहित, कांग्रेस, जसपा, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी र प्रमुख प्रतिपक्षी दल एमालेले भागबन्डा गरेका छन्। उता राष्ट्रिय दल बनेका रास्वपा र राप्रपालाई भने गठबन्धन र प्रमुख विपक्षी दल मिलेर बाइपास गरेका छन्।

प्रकाशित: १० भदौ २०८० १२:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =