माओवादी बैठकमा जनार्दन शर्माको ‘नोट अफ डिसेन्ट’

हिमाल प्रेस १६ फागुन २०८० १२:०६
14
SHARES
माओवादी बैठकमा जनार्दन शर्माको ‘नोट अफ डिसेन्ट’ फाइल तस्बिर।

काठमाडौँ- नेकपा माओवादी केन्द्रले विभिन्न प्रदेशका इन्चार्ज र सहइन्चार्जहरू तोकेको छ। बुधबार बिहान सकिएको स्थायी समिति बैठकले कार्यविभाजनहरू गरेको हो।

उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार कोशी प्रदेशको इन्चार्जमा हरिबोल गजुरेल र सहइन्चार्जमा सावित्रीकुमार काफ्ले तोकिएको छ। त्यस्तै, मधेश प्रदेशको इन्चार्जमा लीलामणि पोखरेल र सहइन्चार्जमा विश्वनाथ साह तोकिएको छ।

बागमती प्रदेशको इन्चार्जमा अग्निप्रसाद सापकोटा तोकिएका छन्। यो प्रदेशको सहइन्चार्ज तोक्न बाँकी रहेको सापकोटाले बताए। गण्डकी प्रदेशमा इन्चार्जमा दीनानाथ शर्मा र सहइन्चार्जमा हरिराज अधिकारी तोकिएको छ। लुम्बिनी प्रदेशको इन्चार्ज चक्रपाणी खनाल र सहइन्चार्जमा कुलप्रसाद केसी तोकिएको छ।

त्यसैगरी, कर्णाली प्रदेशको इन्चार्जमा कालीबहादुर मल्ल तोकिएका छन्। सुदूरपश्चिम प्रदेशको इन्चार्जमा गिरिराजमणि पोखरेल र सहइन्चार्ज बिना मगर तोकिएको छ।

प्रवास प्रदेश समिति मध्यपूर्वको इन्चार्जमा पम्फा भुसाल, प्रवास प्रदेश समिति भारतको इन्चार्जमा लक्ष्मण पन्त र सहइन्चार्ज टीबी पाठक, प्रवास प्रदेश समिति युरोप अमेरिका लगायत सुरेन्द्र कुमार कार्की र विशेष प्रदेश समितिको इन्चार्ज हितमान शाक्य र सहइन्चार्ज यशोदा सुवेदी तोकिएका छन्।

यसैबीच, माओवादी केन्द्रका कतिपय निर्णयप्रति सोही पार्टीका उपमहासचिव जनार्दन शर्माले असहमति राखेका छन्। उनले पार्टीमा गरिएको कार्यविभाजन लगायतका विषयमा असहमति राखेका हुन्।

बुधबार बसेको स्थायी समिति बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै शर्माले भने, ‘विशेषगरी कार्यविभाजन जसरी गरियो, त्यो सही भएन। पार्टी निर्माणलाई उद्देश्यमा राखेर भएन, विधान अधिवेशनको ह्याङओभरलाई लिएर भयो।’

उनले विधान अधिवेशनमा प्रत्यक्ष निर्वाचित पदाधिकारी हुनुपर्छ भन्ने मत राख्ने आफू लगायतलाई कार्यविभाजनमार्फत् जिम्मेवारीविहीन बनाइएको बताए।

उनले सुदूरपश्चिममा स्थायी समिति सदस्य हुँदाहुँदै केन्द्रीय सदस्यलाई सहइन्चार्ज बनाइएका लगायतका विषयमा पनि आफ्नो असहमति रहेको बताए। ‘त्यहाँका दलसँग सम्बन्धित विवादलाई टुंग्याउने कुरामा सन्तुलित र न्यायपूर्ण नभएको भनेर मैले आफ्नो असहमति राखेको कुरा म जानकारी गराउन चाहन्छ’, उनले भने।

शर्माले आफ्नो अहसमतिप्रति ‘अध्यक्षले पार्टीमा अहसमति राख्न पाइन्छ, स्वागत छ’ भनेको बताए। आफूले आफ्नो आफ्नो अहसमति सबैलाई बाँडेको पनि बताए।

सापकोटाले पनि शर्माले बैठक समापन हुने बेलामा अध्यक्षलाई अहसमति पत्र दिएको र बाँकी कुरा पछि थाहा हुने बताए।

प्रकाशित: १६ फागुन २०८० १२:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + sixteen =