एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज पनि बस्ने

हिमाल प्रेस ६ भदौ २०८० ६:२४
2
SHARE
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज पनि बस्ने फाइल तस्बिर

काठमाडौँ- नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बुधबार बिहान ८ बजे सुरु हुँदैछ।

बालकुमारीस्थित कान्तिपुर गार्डेन ब्याङ्क्वेटमा मंगलबार शुरु भएको छैटौँ बैठकमा प्रस्तुत भएका विभिन्न प्रतिवेदनमा छलफल जारी छ।

बैठकमा राजनीतिक प्रतिवेदन लेखा आयोग र निर्वाचन आयोगको प्रतिवेदन पेश गरिएको उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।

पार्टीका अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमा सैद्धान्तिक वैचारिक दृष्टिकोण, नेपाली समाजको विशिष्ट अवस्था, भूराजनीतिक परिस्थिति, समाजवादी व्यवस्थालगायत विषय उल्लेख गरिएको छ।

अध्यक्ष नेपालले प्रस्तुत गरेको जनीतिक प्रतिवेदनमा नेकपा एमालेबाट अलग हुनुको औचित्य पुष्टि भएको भनिएको छ।

प्रतिवेदनमा सम्मानित नेता झलनाथ खनालले फरक मत राख्दै पार्टी विद्रोहको औचित्य, समाजवादी मोर्चा र जबजबारे टिप्पणी गरे।

बैठकमा अन्य नेताहरूले राजनीतिक प्रतिवेदनमा बुधबार धारणा राख्नेछन्। पार्टी मातहतका कमिटी तथा जनवर्गीय संगठनले गरेका कार्यप्रगतिको समीक्षा गरिने बैठकमा पार्टीका भावी योजनाबारे आवश्यक रणनीति तय गरी अनुमोदन गरिने छ।

पार्टीका महासचिव घनश्याम भुसालको सांगठनिक प्रतिवेदनमा छलफल भएपछि बैठकमा महाधिवेशनको मिति र स्थान घोषणा गरिने छ।

प्रकाशित: ६ भदौ २०८० ६:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =