५६ एसपी र ८४ जना डीएसपीका लागि बढुवा सिफारिस

सशस्त्रमा १७ वर्षदेखि जाम रहेको बढुवा समस्या अन्त्य

हिमाल प्रेस ५ भदौ २०८० १७:५२
1.6k
SHARES
५६ एसपी र ८४ जना डीएसपीका लागि बढुवा सिफारिस

काठमाडौँ- सशस्त्र प्रहरीका ५६ जना एसपीमा र ८४ जना डीएसपीमा बढुवाका लागि नाम सिफारिस गरिएको छ। २०६० भदौ २९ गते इन्स्पेक्टरमा भर्ना भएका टोलीबाट यसअघि २९ जना एसपी भइसकेका छन्। बाँकी रहेका सबै ५६ जना आज (मंगलबार) एसपी बढुवाका लागि सिफारिस भएका हुन्।

यसैगरी २०६४ सालमा भर्ना भएका ५६ जना यसअघि नै डीएसपीमा बढुवा भइसकेको छन्। बाँकी ८४ जना आज सिफारिस भएका हुन्। यसैगरी २०६६ मंसिर २१ गते भर्ना भएका सशस्त्र प्रहरी निरीक्षकको टोलीबाट ११ जनासमेत डीएसपी बढुवाका लागि सिफारिस भएका छन्।

सिफारिसमा परेका दुवै टोलीबाट योग्यता, कार्यक्षमता, तालिम, कार्यसम्पादन मुल्यांकनलाई आधार बनाएर गरिएको गृह मन्त्रालयले जानकारी दिएको छ।

सशस्त्र प्रहरीमा वर्षौदेखि रहेको वृत्ति विकासको समस्या समाधान गर्न केही समयअघि संगठन सर्वेक्षण तथा व्यवस्थापन (ओएण्डएम) मार्फत केही दरबन्दी थप र केही पदहरू समायोजन भएका थिए।

मंगलबारको बढुवा सिफारिससँगै १७ वर्षदेखि एउटै दर्जामा रहेका अधिकृतहरू एकै पटक बढुवा हुने भएका छन् भने बढुवाको समस्या पनि करिबकरिब अन्त्य भएको छ।

प्रकाशित: ५ भदौ २०८० १७:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =