कोशीका मुख्यमन्त्रीले सोमबार विश्वासको मत लिँदै*

हिमाल प्रेस १ भदौ २०८० १४:०७
4
SHARES
कोशीका मुख्यमन्त्रीले सोमबार विश्वासको मत लिँदै*

इटहरी- कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सोमबार विश्वासको मत लिने भएका छन्। उनले शुक्रबार विश्वासको मत लिनेसम्बन्धी प्रदेशसभामा नयाँ सूचना दर्ता गराएका छन्।‌ थापाले विश्वासको मत लिन आइतबारका लागि सूचना दर्ता गराएका थिए।  उपसभामुख सिर्जना दनुवारले सोमबारका लागि तोकेकी हुन्।

गठबन्धन दलका तर्फबाट नेपाली कांग्रेसका थापा पछिल्लोपटक गत साउन १६ गते मुख्यमन्त्री नियुक्त भएका थिए। पहिलोपटक सभामुखसमेतको हस्ताक्षरमा सरकार गठन गर्दा सर्वोच्च अदालतले बदर गरिदिएको थियो।

दोस्रोपल्ट सभामुखलाई राजीनामा गराएर मुख्यमन्त्री बनेका थापाले आइतबार प्रदेशसभा सचिवालयले विश्वास मत लिने सम्बन्धमा सूचना दर्ता भएको जानकारी दिएको छ।‌ उनले आइतबारका लागि प्रस्ताव गरे पनि

*शीर्षक सच्याइएको

प्रकाशित: १ भदौ २०८० १४:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =