बरु सरकार छाड्छौँ, भ्रष्टहरूको धम्कीबाट डराउँदैनौँ : उपप्रधानमन्त्री श्रेष्ठ

हिमाल प्रेस १ भदौ २०८० ११:२८
12
SHARES
बरु सरकार छाड्छौँ, भ्रष्टहरूको धम्कीबाट डराउँदैनौँ : उपप्रधानमन्त्री श्रेष्ठ

गोरखा- उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारको सुशासन अभियानविरुद्ध भ्रष्टाचार र तस्करका संरक्षकहरूले घेराबन्दी गर्न र धम्की दिन खोजेको बताएका छन्। अजिरकोट गाउँपालिका-२ स्थित भच्चेकमा शुक्रबार ‘भच्चेक आधारभूत अस्पताल’ उद्घाटन गर्दै उनले ठग, तस्कर र भ्रष्टाचारीका संरक्षकहरूको धम्कीबाट आफू नडराउने, अप्ठेरोमा पार्न खोजे बरु सरकार छाड्ने, सुशासनको अभियान कुनै हालतमा नरोक्ने प्रतिबद्धता जनाएका हुन्।

‘सरकारलाई, मन्त्रीलाई घेराबन्दीमा राख्छौँ भनेर कसैले नसोचे हुन्छ। हामी पदका लागि होइन, देश र जनताको सेवा गर्न आएका हौँ। जुन दिनसम्म सरकारमा रहन्छौँ, यो सुशासनको अभियान रोकिँदैन’, श्रेष्ठले भने। नागरिकलाई छिटो र चुस्त सेवा दिएर तथा दण्डहीनता अन्त्य गरेर नै सुशासनको थालनी हुने उनको भनाइ थियो।

राजनीतिक परिवर्तनलाई सामाजिक-आर्थिक परिवर्तनसँग जोड्नुपर्ने, त्यसका लागि सामाजिक न्यायसहितको समृद्धि सबै तहका सरकारको प्राथमिकता हुनुपर्ने श्रेष्ठले बताए।

अध्यक्ष दीपक देवकोटा तथा उपाध्यक्ष अनिता भुजेलले उदाहरणीय नेतृत्वबाट अजिरकोट गाउँपालिकाले विकासमा फड्को मार्दै गएको भन्दै उपप्रधानमन्त्री श्रेष्ठले खुसी व्यक्त गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =