मौन अवधिमा आचारसंहिता उल्लंघनका गतिविधि नियन्त्रण गर्न सुरक्षाकर्मीलाई गृहमन्त्रीको निर्देशन

हिमाल प्रेस ८ वैशाख २०८१ १४:३३
4
SHARES
मौन अवधिमा आचारसंहिता उल्लंघनका गतिविधि नियन्त्रण गर्न सुरक्षाकर्मीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौँ- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मौन अवधिमा आचारसंहिता उल्लंघनका गतिविधि नियन्त्रण गर्न सुरक्षाकर्मीलाई निर्देशन दिएका छन्। शनिबार इलामको फाकफोकथुममा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले सो निर्देशन दिएका हुन्।

गृहमन्त्री लामिछानेले भने, ‘मौन अवधिमा हुने आचारसंहिताका गतिविधि नियन्त्रण गर्न सुरक्षाकर्मीलाई निर्देशन दिन चाहन्छु। मत प्रभावित पार्न पैसाको पोको लिएर कोही आएछ भने त्यसलाई पनि पोकै पारेर कानुनको जिम्मा लगाइदिनुस्। त्यसका लागि थप स्रोतसाधन चाहिन्छ भने माग्नुस्।’

सभालाई सम्बोभन गर्दै लामिछानेले सर्तसहित घण्टीमा मतदान गर्न आग्रह गरे। उनले भने,‘जनपक्षीय हरेक सर्तमा ल्याप्ने लगाउन तयार छौं। र, तपाईंहरू पनि परिवर्तनका लागि तयार हुनुस्।’ रास्वपाबाट इलाम–२ बाट मिलन लिम्बू उम्मेदवार छन्।

प्रतिनिधिसभातर्फका सांसद सुवास नेम्वाङकाे निधन भएपछि यही वैशाख १५ गते इलाम-२ मा उपनिर्वाचन हुन लागेकाे हाे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − two =