महिला प्रहरीले बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रमा अनिवार्य काम गर्नुपर्ने

हिमाल प्रेस ३२ साउन २०८० १३:२३
1.5k
SHARES
महिला प्रहरीले बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रमा अनिवार्य काम गर्नुपर्ने प्रहरी प्रधान कार्यालय

काठमाडौँ- नेपाल प्रहरीका महिला कर्मचारीलाे बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रमा अनिवार्य काम गर्नुपर्ने भएको छ। प्रहरीको सरुवा, बढुवासम्बन्धी मापदण्ड २०७९ लाई संशोधन गर्दै यस्तो बाध्यकारी मापदण्ड बनाइएको हो।

प्रहरीको बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा महिला प्रहरी कर्मचारीले कम्तिमा ३ वर्ष काम गर्नुपर्ने हुन्छ। त्यस्तै प्रहरी तालिम केन्द्र, विद्यालय बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रहमा कम्तिमा एकजना अधिकृतस्तरको महिला प्रहरी कर्मचारीलाई अनिवार्य रुपमा खटाइने पनि मापदण्डमा उल्लेख गरिएको छ।

त्यसैगरी महिला प्रहरी कर्मचारीलाई भौगोलिक आधारमा हिमाल, पहाड, तराई र सुविधाको हिसाबले दुर्गम र सुगम गरी चौकी स्तरसम्म महिला प्रहरी कर्मचारीको उपलब्धता सुनिश्चित हुने गरी सरुवा गरिने पनि मापदण्डमा उल्लेख गरिएको छ।

नेपाल प्रहरीमा हालै नयाँ मापदण्डअनुसार प्रहरी निरीक्षकहरूको ठूलो संख्याको सरुवा निकालिएको थियो। सोही मापदण्डअनुसार अन्य दर्जाको पनि सरुवा/बढुवा निकाल्ने तयारी भइरहेको छ।

प्रकाशित: ३२ साउन २०८० १३:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =