भदौ १ गतेलाई डाकियो कोशी प्रदेशसभा बैठक

हिमाल प्रेस २९ साउन २०८० १८:४२
8
SHARES
भदौ १ गतेलाई डाकियो कोशी प्रदेशसभा बैठक कोशी प्रदेशसभाको बैठक। फाइल तस्बिर

इटहरी- कोशी प्रदेशसभाको बैठक भदौ १ गते दिउँसो बस्ने भएको छ। असार १५ गतेदेखि स्थगित भएको बैठक भदौ १ गतेका लागि बोलाइएको हो। प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले सूचना प्रकाशित गर्दै भदौ १ गते प्रदेशसभा बैठक बस्ने जानकारी दिए।

कोशी प्रदेश मुख्यमन्त्री कार्यालयका अनुसार प्रदेश निजामती सेवा ऐन (पहिलो संशोधन) अध्यादेश, २०८० र स्थानीय सेवा (गठन तथा सञ्चालन) अध्यादेश २०८० लाई प्रतिस्थापन गर्न ल्याइएको विधेयक निष्क्रिय बनेको छ। प्रदेशसभा पुनः नियमित सञ्चालन हुन नसके संसद्मा दर्ता भएको बजेटसम्बन्धी अध्यादेश निष्क्रिय हुने सम्भावना छ।

प्रकाशित: २९ साउन २०८० १८:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =