भारतबाट घुम्न आएका अभिषेकको टाउको खोलामा, शरीर जंगलमा

हिमाल प्रेस २८ साउन २०८० ८:०९
102
SHARES
भारतबाट घुम्न आएका अभिषेकको टाउको खोलामा, शरीर जंगलमा अभिषेक राज।

सर्लाही- अभिषेक राज साथीसँगै घुम्न भन्दै साउन २० गते सीतामढीबाट सर्लाही आए। उनी कहाँ कहाँ घुमे अनि साथी कोको साथी थिए भन्नेबारेमा त केही खुलेको छैन। सँगै घुम्न आएका साथीहरू पनि सम्पर्कविहीन छन्। यसबीचमा अभिषेकको हत्या भएको छ। खोलामा टाउको र जंगलमा शरीर भेटिएको प्रहरीले जनाएको छ।

२३ वर्षीय अभिषेकको टाउको काटिएको शरीर शनिबार साँझ लालबन्दी नगरपालिका–६ स्थित फुटबलचौरदेखि पूर्वतर्फको जंलमा फेला परेको थियो। टाउको भने दुई दिनअघि सर्लाहीको लखन्देही पुलमुनि फेला परेको थियो। हरिवन नगरपालिका–४ सासापुरस्थित लखदेन्ही पुलमुनि युवकको काटिएको टाउको फेलापरे पनि पहिचान खुल्न सकेको थिएन।

राजमार्गछेउमै फालिएको अवस्थामा युवकको सड्न लागिसकेको शरीर फेला परेको सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले बताए। युवकको आपराधिक गिरोहबाट हत्या भएको हुन सक्ने उनको भनाइ छ।

‘खोलामा टाउको र जंगलमा शरीर ल्याएर फालेको देख्दा युवकको पेसेवर व्यक्तिहरूबाट हत्या भएको जस्तो देखिन्छ,’ एसपी सुवेदीले भने, ‘घटनाका सम्बन्धमा सूक्ष्म ढंगबाट अनुसन्धान भइरहेको छ।’ युवकको शरीर प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ। परिवारले सनाखत गरेपछि टाउको शुक्रबार दिउँसो पोस्टमार्टमका लागि काठमाडौँ पठाइसकिएको छ। अभिषेकका साथीहरूको भारतीय प्रहरीसँग समन्वय गरी खोजी भइरहेको सर्लाही प्रहरीले जनाएको छ।

प्रकाशित: २८ साउन २०८० ८:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 1 =