गौर पीडितसँग गृहको सहमति : जसपाको आपत्ति, प्रभु साहको विज्ञप्ति

हिमाल प्रेस २७ साउन २०८० ६:४३
24
SHARES
गौर पीडितसँग गृहको सहमति : जसपाको आपत्ति, प्रभु साहको विज्ञप्ति आम जनता पार्टीका अध्यक्ष प्रभु साह। फाइल तस्बिर

काठमाडौँ- गौर हत्याकाण्डबारे जनता समाजवादी पार्टी (जसपा)ले सार्वजनिक गरेको धारणामा प्रभु साहले आपत्ति जनाएका छन्। गौर हत्याकाण्डका पीडितसँग सरकारले गरेको सहमति सही भएको तर जसपाले गलत भनेकोमा साहले आपत्ति जनाएका हुन्।

साहको पार्टी आम जनता पार्टी(आजपा)का प्रवक्ता चन्दन भुषण साहले विज्ञप्ति जारी गर्दै गौर हत्या काण्डका पीडितहरुलाई न्याय दिलाउन तथा अपराधिहरुलाई कानुनी दायरामा ल्याउन साउन २३ गते पीडित र सरकारबीच भएको ५ बुँदे सहमतिको विषयलाई प्रभावित गर्नेगरी जसपाले निकालेको विज्ञप्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

‘यस दुखद घटनामा हतास एवं पराजित मनोविज्ञानका साथ जसपाले अहिले आएर विभिन्न जालझेल, षडयन्त्र एवं प्रपन्चको भरमा वास्तविक अपराधिलाई उन्मुक्ति दिलाउन सकिन्छ कि भनेर हाम्रो पार्टीका अध्यक्षमाथि लगाएको आधारहीन एवं कपोकल्पित लाञ्छना केवल अपराधी जोगाउने विषयान्तरको दुस्प्रयास रहेको हाम्रो बुझाई छ’, आम जनता पार्टीले विज्ञप्तिमा भनेको छ।

१७ वर्षअघि रौतहटको गौरमा तत्कालीन मधेश जनअधिकार फोरम र तत्कालीन एकीकृत माओवादीबीच झडप भएको घटनालाई गौर हत्याकाण्ड भनिन्छ। जहाँ तत्कालीन फोरम (हाल जसपा)का अध्यक्ष उपेन्द्र यादवको डिजाइनमा गौर घटना घटेको भन्दै जाहेरी उठेको थियो।

प्रकाशित: २७ साउन २०८० ६:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 5 =