सरकारलाई विश्वासको मत दिन जसपाको ह्वीप

हिमाल प्रेस २९ फागुन २०८० १७:४५
4
SHARES
सरकारलाई विश्वासको मत दिन जसपाको ह्वीप

काठमाडौँ-  जनता समाजवादी पार्टी नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको पक्षमा मतदान गर्ने निर्णय गरेको छ। मंगलबार सिंहदरबारमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको अध्यक्षताकम बसेको संसदीय दलको बैठकले सरकारको पक्षमा मतदान गर्ने निर्णय गरेको हो।

बैठकमा जसपा नेपालको संसदीय दलले आफ्ना सांसदहरूलाई सरकारको पक्षमा मतदान गर्न हृवीपसमेत जारी गरेको छ।

प्रतिनिधिसभामा जसपाका १२ सांसद छन्। पछिल्लो गठबन्धन सरकारमा जसपाबाट उपेन्द्र यादव उपप्रधानमन्त्रीसहित स्वास्थ्य र नवलकिशोर साह वनमन्त्री छन्।

प्रकाशित: २९ फागुन २०८० १७:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 20 =