कारागारमा दुई जना मृत्यु प्रकरण : ९ जना कैदी प्रहरी नियन्त्रणमा

हिमाल प्रेस २४ साउन २०८० १८:०२
26
SHARES
कारागारमा दुई जना मृत्यु प्रकरण : ९ जना कैदी प्रहरी नियन्त्रणमा

काठमाडौँ– कारागार कार्यालय संखुवासभामा २ जना कैदीको मृत्यु भएको घटनामा ९ जना कैदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय संखुवासभाले ९ जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरेको हो।

प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले भने कारागारामा राख्दा सुरक्षा खतरा भएका कारण उनीहरूलाई ट्रान्सफर गरेर घटनाको छानबिन गरिएको बताए। यो घटनाको छानबिन गर्न संखुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि अधिकारीको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति बनाइएको छ।

अधिकारीको समितिले १० दिनभित्र घटनाको छानबिन गरेर रिपोर्ट दिने प्रमुख जिल्ला अधिकारी कार्कीले जानकारी दिए। संखुवासभा कारागारमा रहेका कैदीहरू मादी नगरपालिका-५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोट ककनी गाउँपालिका–७ का २८ वर्षिय आकाश बलामीको बुधबार बिहान मृत्यु भएको थियो।

उनीहरू मंगलबार राति जेलको रड काटेर भागेका थिए। भाग्दै गर्दा प्रहरीले उनीहरूलाई पक्राउ गरेर ल्याएर जेलमै राखेको थियो। पछि राति २ बजेतिर अन्य कैदीहरूले उनीहरू २ जना गम्भीर बिरामी भएको भन्दै जानकारी गराएपछि अस्पताल लगिएको थियो।

अस्पतालमा उपचारका क्रममा उनीहरूको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी कार्कीले बताएका छन्।

दुई कैदीको ‘शंकास्पद’ मृत्यु

 

प्रकाशित: २४ साउन २०८० १८:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − three =