दुई कैदीको ‘शंकास्पद’ मृत्यु

हिमाल प्रेस २४ साउन २०८० ११:५१
14
SHARES
दुई कैदीको ‘शंकास्पद’ मृत्यु प्रतीकात्मक तस्बिर।

इटहरी- जिल्ला कारागार संखुवासभामा दुई जना कैदीको शंकास्पद मृत्यु भएको छ। मृत्यु हुनेमा सङ्खुवासभा, मादी नगरपालिका-५ का १९ वर्षीय विनोद तोलांगी र नुवाकोट जिल्ला, ककनी गाउँपालिका-७ का २८ वर्षीय आकाश बलामी छन्।

बलात्कार मुद्दामा कैद सजाय भुक्तान गरिरहेका तोलांगी र चोरी मुद्दामा कैद सजाय भुक्तान गरिरहेका बलामी कारागारबाट भाग्ने प्रयास गरेका थिए। भाग्ने क्रममा कारागार सुरक्षाकर्मी र कारागार प्रशासनले नियन्त्रणमा लिएको थियो। त्यसपछि  कैदीबन्दी गृहमा राखिएका दुवै जना बुधबार बिहान अर्धचेत अवस्थामा फेला परेको कारागारका जेलर राजेन्द्र घिमिरेले बताएका छन्।

दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल लगिएकोमा बिहान ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी वीरेन्द्र गोदारले बताए। शव जिल्ला अस्पतालको शवगृहमा राखिएको छ। मृत्यु शंकास्पद हुन सक्ने भन्दै जिल्ला सुरक्षा समितिको बैठक बसिरहेको जनाइएको छ।

प्रकाशित: २४ साउन २०८० ११:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =