उपराष्ट्रपति चीन जाँदै, मन्त्रिपरिषद्‌ले गर्‍यो भ्रमण स्वीकृत

हिमाल प्रेस २४ साउन २०८० १७:५५
10
SHARES
उपराष्ट्रपति चीन जाँदै, मन्त्रिपरिषद्‌ले गर्‍यो भ्रमण स्वीकृत

काठमाडौँ- उपराष्ट्रपति रामसहाय प्रसाद यादवको चीन भ्रमण मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उनको चीन भ्रमण स्वीकृत गरेको हो।

‘चीनको कुनमिङ सहरमा २०८० साउन ३१ देखि भदौ ३ गतेसम्म आयोजना हुने ७औँ चाइना–साउथ एसिया एक्स्पो र २७औँ चाइना (कुनमिङ) इम्पोर्ट एन्ड एक्सपोर्ट फेयरमा सहभागी हुन राष्ट्रपतिको चीनको भ्रमण स्वीकृत गर्ने,’ मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ।

एक्स्पोमा सहभागी हुन उपराष्ट्रपति यादवको टोली साउन २९ गते त्यसतर्फ प्रस्थान गर्ने छ। उपराष्ट्रपति भएपछि यादवले गर्न लागेको यो पहिलो विदेश भ्रमण हो। उपराष्ट्रपतिको चीन भ्रमणमा केही उच्च सरकारी अधिकारीहरू सहभागी हुने छन्। उपराष्ट्रपतिको भदौ ५ गते चीन भ्रमणबाट फर्कने कार्यक्रम छ।

प्रकाशित: २४ साउन २०८० १७:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 8 =