एमालेद्वारा संसद् बैठक अवरुद्ध

हिमाल प्रेस २४ साउन २०८० १३:२१
14
SHARES
एमालेद्वारा संसद् बैठक अवरुद्ध फाइल तस्बिर

काठमाडौँ– प्रमुख प्रतिपक्षी एमालेले सुन तस्करीको घटनाका बारेमा उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गर्दै बुधबार प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ।

बैठक सुरु हुने बित्तिकै एमालेका सांसदहरू आसनबाट उठेका थिए। त्यसपछि सभामुख देवराज घिमिरेले एमाले सांसद सूर्य थापालाई बोल्न समय दिएका थिए।

थापाले सुन तस्करीका सम्बन्धमा मंगलबार उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले दिएको अभिव्यक्ति ढाकछोप गर्ने खालको रहेको बताएका थिए। उनले अविलम्ब उच्चस्तरीय छानबिन समिति गठनको माग गरेका थिए।

सुन तस्करी भएको २२ दिन बित्दा पनि घटनाबारे सत्यतथ्य कुरा बाहिर ल्याउन नसकिएको उनको भनाइ थियो। थापाले बोल्ने क्रममा सत्तापक्षीय सांसदहरूले पनि उठेर विरोध जनाएका थिए। सभामुखले थापाको बोल्ने समय सकिएको बताएपछि एमालेका सांसदहरूले रोस्ट्रम घेराउ गरेका हुन्। उनीहरूले सरकारविरुद्ध नाराबाजी गरेका छन्।

प्रकाशित: २४ साउन २०८० १३:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 4 =