राष्ट्रियसभा बैठक बस्दै

हिमाल प्रेस २४ साउन २०८० ७:४५
4
SHARES
राष्ट्रियसभा बैठक बस्दै फाइल तस्बिर।

काठमाडौँ- राष्ट्रियसभा बैठक आज बस्दैछ। संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ः०१ बजेका लागि बैठक बोलाइएको छ।

आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने तथा प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाइनेछ।

संघीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार विधायन व्यवस्थापन समितिका सभापति जयन्तीकुमारी राईले संविधान अनुसार बन्न बाँकी कानुनहरूको अध्ययन प्रतिवेदन २०८० बैठकमा पेस गर्नेछिन्।

यसअघिका बैठकहरूमा नेकपा एमालेले अवरोध गर्दै आएकोले आजको बैठक पनि प्रभावित हुने सम्भावना भने कायमै छ।

प्रकाशित: २४ साउन २०८० ७:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 16 =