राष्ट्रिय प्रसारण लाइनमा जाेडियाे माथिल्लो साङ्जेन जलविद्युत्‌काे उत्पादन

हिमाल प्रेस २३ साउन २०८० २०:०९
10
SHARES
राष्ट्रिय प्रसारण लाइनमा जाेडियाे माथिल्लो साङ्जेन जलविद्युत्‌काे उत्पादन

रसुवा- साङ्जेन जलविद्युत् कम्पनीले निर्माण गरेको सिम्बू जलविद्युत् केन्द्रबाट विद्युत् उत्पादन सुररु भएको छ। माथिल्लो साङ्जेनको नामले निर्माण भएको १४.८ मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजनाबाट गत शनिबारदेखि उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा पठाउन थालिएकाे हाे।

साङ्जेन जलविद्युत् कम्पनीका प्रबन्ध निर्देशक सुनिलकुमार ढुंगेलका अनुसार सन् २०१३ देखि निर्माण सुरु भएको माथिल्लो साङ्जेन जलविद्युत् आयोजनाले उत्पादन दिन थालेको र उत्पादित विद्युत् चिलिमे जलविद्युत्‌काे राष्ट्रिय प्रसारण लाइनमार्फत केन्द्रीय भण्डारणमा पठाउन थालिएकाे हाे।

विद्युत् उत्पादनका लागि समुन्द्र सतहबाट दुई हजार तीन सय ५० मिटरको उचाइ तिलुचे बगरमा बाधबाँधी एक हजार तीन सय मिटर भूमिगत सुरूङ एवं एक सय ५६ मिटर पेनस्टक पाइपको सहायताले प्रतिसेकेण्ड ११.६ घनमिटर पानी सिम्बू गाउँको पुछारमा निर्मित विद्युत् गृहमा पुर्‍याएको छ।

तीन वटा फ्रान्सिस टरवाइनमार्फत वार्षिक रूपमा आठ करोड ८५ लाख युनिट विद्युत् उत्पादन हुने र आयोजनाबाट वार्षिक ४० करोड रुपैयाँ आय हुने प्रबन्ध निर्देशक ढुंगेलले बताए।

विद्युत् गृह रहेको स्थान समुन्द्र सतहदेखि दुई हजार एक सय ८० मिटर उचाइमा रहेको छ। यो आयोजना सम्पन्न भएसँगै अब रसुवाको जल सम्पदाले १०१.८ मेगावाट विद्युत् उत्पादन दिन थालेका छन्।

यसअघि विसं २०६० मा २२ मेगावाट क्षमताको चिलिमे, विसं २०७१ मा पाँच मेगावाट क्षमताको मैलुङ्खोला र विसं २०७६ मा ६० मेगावाट क्षमताको माथिल्लो त्रिसुली थ्री-ए जलविद्युत् केन्द्रबाट विद्युत् उत्पादन हुँदै आएकाे छ। रासस

प्रकाशित: २३ साउन २०८० २०:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 13 =