एमालेको विरोधपछि स्थगित भयो संसद्‌ बैठक

हिमाल प्रेस २३ साउन २०८० १८:४४
22
SHARES
एमालेको विरोधपछि स्थगित भयो संसद्‌ बैठक फाइल तस्बिर

काठमाडौँ- मंगलबारको प्रतिनिधिसभा बैठक नियमित कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ। सय किलो सुन प्रकरणलाई लिएर नेकपा एमालेले विरोध जारी राखेपछि बैठक बुधबारसम्मका लागि स्थगित भएको सूचना सभामुख देवराज घिमिरेले सुनाएका थिए।

आजको बैठकमा सुन प्रकरणबारे गृहमन्त्री नारायणकाजी श्रेष्ठले जवाफ दिए पनि एमालेले उच्चस्तरीय छानबिन समिति गठनको माग राख्दै विरोध गरेको हो। यसअघि एमालेले गृहमन्त्रीलाई जवाफ दिन र अन्य दलका प्रतिनिधिले पनि यसबारे आफ्नो धारणा राखेका थिए।

गृहमन्त्रीले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान सकेपछि चित्त नबुझे प्रश्न गर्न आग्रह गरेका थिए। तर एमालेले उच्चस्तरीय छानबिन समिति बनाएर अर्थमन्त्री र गृहमन्त्रीमाथि नै छानबिन गर्नुपर्ने माग राखेको छ।

 

प्रकाशित: २३ साउन २०८० १८:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =