सर्‍यो ‘नम्बरी सुन’को प्रदर्शन मिति

हिमाल प्रेस २३ साउन २०८० १५:१९
26
SHARES
सर्‍यो ‘नम्बरी सुन’को प्रदर्शन मिति

काठमाडौँ- भदौ १ गते प्रदर्शन हुने भनिएको फिल्म ‘नम्बरी सुन’को मिति सरेको छ। फिल्मको नयाँ पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले आगामी माग १९ गतेलाई नयाँ मिति घोषणा गरेका हुन्।

राजु गिरी निर्देशित फिल्मको टिजर र एक गीत सार्वजनिक भइसकेको छ। फिल्ममा गौरव पहारी, नम्रता सापकोटा, सरोज खनाल, गौरव दर्पण, बुद्धि तामाङ, राजाराम पौडेल, विनोद न्यौपाने, किरण नेपाली, राजेन्द्र खड्गी, सविन बास्तोला, गीता अधिकारी, नारायण खाती, अस्मिता न्यौपाने, राजेन्द्र गिरीलगायतको अभिनय छ।

नारायण खातीको शब्द रचना, कथा र प्रस्तुति रहेको फिल्ममा शिवम अधिकारीको पटकथा र संवाद छ। दिव्य सुवेदीको छायांकन रहेको फिल्म गौतमराज खड्काले सम्पादन गरेका छन्।

फिल्ममा अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत छ। सुवर्ण शिभान्स प्रोडक्सनको ब्यानरमा बनेको फिल्मका निर्माता सरोज खाती, सविन खाती र मनोज रिजाल हुन्। ‘नम्बरी सुन’को मिति परिवर्तन भएसँगै भदौ १ मा गणेशदेव पाण्डेको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘जुलेबी’ र मिलन आले मगर निर्देशित ‘हिँड्दा हिँड्दै’ प्रदर्शनको तयारीमा छन्।

प्रकाशित: २३ साउन २०८० १५:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =