संसद् अवरोध हटाउन एमाले सहमत

हिमाल प्रेस २३ साउन २०८० १३:५७
6
SHARES
संसद् अवरोध हटाउन एमाले सहमत फाइल तस्बिर

काठमाडौँ- नेकपा एमाले संसद्को अवरोध हटाउन तयार भएको छ।

मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सभामुखसहितको प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठकमा एमाले आजको संसद् चल्न दिन सहमत भएको हो। गृहमन्त्रीलाई बोल्न दिएर अवरोध हटाउने सहमति भएको एमाले सचेतक महेश बर्तैलाले जानकारी दिए।

गृहमन्त्रीले जवाफ दिँदा आफ्नो माग सम्बोधन नगरे पुनः सदन अवरोध गर्ने बताए। उनले सरकारले प्रतिपक्षलाई गलाउने नीति लिएको बताए।

सरकारले प्रतिपक्ष दलहरूबीच पनि फाटो ल्याउने नीति बनाएको जिकिर गरे।

सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै एमालेले संसद् अवरोध गर्दै आएको थियो।

एमाले फकाउन सफल होलान् सत्तारुढ दल?

प्रकाशित: २३ साउन २०८० १३:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =